अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ। 

आजकाे बैठकमा  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।

त्यस्तै, अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन्। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।