अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना

नविना लामासहित एमाले नेताहरू चढेको गाडी काभ्रेमा दुर्घटना


काभ्रेपलाञ्चोक-नेकपा एमालेका केन्द्रीय सदस्य र पूर्वसांसद नविना लामासहितका नेताहरू सवार गाडी काभ्रेपलाञ्चोकमा दुर्घटना भएको छ। 

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेका अनुसार ब्रेक फेल भएका कारण काभ्रेपलाञ्चोकको तालढुङ्गाबाट गुवाभनज्याङ् लागेको उक्त बस ब्रेक फेल भएका कारण दुर्घटनामा परेको हो।

उहाँले सो दुर्घटनामा घाइते भएका ११ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा१४ च ७०७७ नम्बरको बस दुर्घटनामा परेको हो। उक्त बोलेरमा १८ जना सवार थिए।

उक्त बस दुर्घटनामा नेकपा (एमाले) नेतृ एवम् पूर्व सांसद नविना लामा, बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा घाइते हुनुभएको छ।