अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकिएनः अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सकिएनः अध्यक्ष ओली


काठमाडौँनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज भएको आरोप लगाउनु भएको छ।

आइतवार संघीय संसद भवनमा संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरससँगको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले हिंसात्मक गतिविधिलाई बढावा दिएकाले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज बनेकाे बताउनु भयो।

‘नेपालको मौलिक ढंगको शान्ति प्रक्रिया सफल छ। शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंगियोस् भनेर हामीले चाहेका छौं,’ ओलीका भनाइ उद्धृत गर्दै एमाले नेता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘संक्रमणकालीन न्याय भनेको संक्रमणकालीन अन्याय हुन हुँदैन। पीडितहरूलाई ध्यानमा राखेर यो विषय समाधान गरिनुपर्छ।’

उहाँले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालले नै भूमिका खेल्नुपर्ने पनि बताउनु भयो।

माओवादी युद्ध सुरु भएको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाउने प्रधानमन्त्री दाहालको निर्णयले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन थप असहजता थपिएको उहाँले बताउनुभयो । 

महासचिव गुटेरेसले आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताउनुभयो ।