बारा-गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ (गुड्डु) को मृत्यु भएको छ ।
बाराको सिडिओ नवराज सापकोटाले घाइते प्रिन्सिपल स्वर्णकारको मृत्यु भएको पुष्टि गर्नुभयो।
अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको पछि वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अवस्था गम्भीर रहेकोले उपचार गर्दागर्दै स्वर्णकारको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ। स्वर्णकारको शव अहिले बयोधा अस्पतालमै राखिएको बारा प्रहरी बताएको छ।
कलैया अस्पतालमा उपचार हुन नसकेपछि अन्तिममा उनलाई बयोधा अस्पताल लगिएको थियो। अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो।
बारा प्रहरीका अनुसार स्वर्णकारको टाउँको र छातीमा गोली प्रहार भएको थियो छ। अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा रहेको बारा प्रहरीले जनाए । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चाल गरेका छन्।





प्रतिक्रिया