अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका सल्लाहकार गुरुङसहित ८० जना नेता-कार्यकर्ता एमालेमा प्रवेश (तस्वीरहरू)

नेकपा एसका सल्लाहकार गुरुङसहित ८० जना नेता-कार्यकर्ता एमालेमा प्रवेश (तस्वीरहरू)


पोखरा-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य दलबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभएको छ।

एमाले प्रवेश गरेका गुरुङलाई एमाले गण्डकी विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो। सोही कार्यक्रममा नेकपा एसका कास्की जिल्ला सचिवालय सदस्य पदम गुरुङ, बाबुराम भण्डारी, युवा संघ कास्कीका अध्यक्ष असिम गुरुङलगायत विभिन्न पार्टीका ८० जना कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।