अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति हुन्छ: उपाध्यक्ष बादल

एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति हुन्छ: उपाध्यक्ष बादल


पोखरा-नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले समृद्ध नेपाल र सुखी नेपालीको नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गर्नु भयो।

पोखरामा आज एमाले गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले साे कुरा बताउनु भएको हाे।

उपाध्यक्ष बादलले कार्यक्रमलाई सम्बोधन गर्दै लेनिनवादको महत्वबारे व्याख्या गर्नुभयो । उहाँले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताउनु भयो ।

उहाँले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्‍यो। श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्‍यो। अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौं । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो। हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’

उहाँले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नैपर्नेमा जोड दिनु भयो ।

उपाध्यक्ष बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताउनु भयो।