अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कम्बोडियामा ३ हजार करोड लगानी गरेको प्रमाणित गर्न अध्यक्ष ओलीको चुनौती

कम्बोडियामा ३ हजार करोड लगानी गरेको प्रमाणित गर्न अध्यक्ष ओलीको चुनौती


पोखरा-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको प्रमाणित गर्न चुनौती दिनुभएको छ।

पोखरामा सोमबार एमाले गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले साे कुरा बारे पत्ता लगाउन चुनौती दिनु भएको हाे ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु। देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम गराउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीले बताउनु भयो।उहाँले पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उहाँले बताउनु भयो।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताउनु भएको थियो।

उक्त विषयमा अध्यक्ष ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौती दिनु भएको छ। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिनुभयो।

पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उहाँले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन।’