अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा चियापानको निम्तो

एमाले अध्यक्ष ओलीद्वारा चियापानको निम्तो


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गर्नुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत् चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गर्नु भएको हाे । उहाँले फेसबुकमा लेख्नुहुन्छ, ‘भोलि दिउँसो च्यासलमा सबैलाई निम्तो !’

एमालेले भोलि दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ।

भोलि दिउँसो साढे १२ बजे पार्टी कार्यालय च्यासलमा एमालेले चियापना कार्यक्रम राखेको छ। कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ।