काठमाडौँ-आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १६५ रन बनायो। मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन्। उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे। साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३र१३ रन बनाए।
नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए।
नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ।






प्रतिक्रिया