अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालयका सञ्चालकलाई सही आचरणमा रहन बाराका प्रजिअ अधिकारीको निर्देशन 

विद्यालयका सञ्चालकलाई सही आचरणमा रहन बाराका प्रजिअ अधिकारीको निर्देशन 


बारा–बाराका प्रमुख जिल्ला अधिकारी नवराज अधिकारीले निजी विद्यालयका सञ्चालकहरूलाई सही आचरणमा रहन निर्देशन दिनुभएको छ ।  

सोमबार कलैयास्थित एक निजी बोडिङ्ग स्कुलका सञ्चालकको हत्या भएको घटनामा स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय बारा पुगेका राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) का पदाधिकारीहरूलाई सही आचरणमा रहन उहाँले निर्देशन दिनुभएको हो ।  

सोमबार दिउँसो कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सरार्फको हत्या भएको घटनालाई लिएर निजी बोडिङ्ग स्कुलका सञ्चालकहरूले घटनाको भर्त्सना गर्दै दोषीलाई कडा कारबाहीको माग गर्दै मंगलबार प्रजिअ अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

सरार्फको हत्या घटनापछि विद्यालय सञ्चालकहरूले असुरक्षित महसुस गरिएको भन्दै मंगलबार बाराका सबै शैक्षिक संस्थाहरु बन्द गराएका थिए ।

प्रजिअ अधिकारीले सरार्फको हत्या परस्त्रीसँगको सम्बन्धको कारण भएको र घटनामा कुनै आपराधिक गिरोहको संलग्नता नरहेको बताउनुभएको छ ।