अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको चियापन सुरू, अध्यक्ष ओलीबाट शुभारम्भ (फोटोफिचर)

एमालेको चियापन सुरू, अध्यक्ष ओलीबाट शुभारम्भ (फोटोफिचर)

मेन्यूमा चिया, निम्की, लड्डु, केरा र भेज कट्लेट


काठमाडौं-नेकपा (एमाले)ले बडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२:३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २:३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ । 

चियापानमा खानाको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ।  चियापानको मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया राखिएको छ ।