अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेद्वारा बिरोध

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेद्वारा बिरोध


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति बामगती प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल एमालेले आपत्ति जनाएको छ।

 नेकपा एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार र बुधबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले केही समय अघि दिएको अभिव्यक्ति प्रति आपत्ति समेत जनाएको हो। 

मुख्यमन्त्री जम्कट्टेलले सार्वभौम संसदले गरेको निर्णयका विरुद्ध गएर गैरजिम्मेवार अभिव्यक्ति दिएको बैठकले निष्कर्ष निकालेको थियो । सोही बैठकको निर्णय अनुसार मुख्यमन्त्री जम्कट्टेलको उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पुर्याउने काम गरेको एमालेको ठम्याइरहेको छ। मुख्यमन्त्री जम्कट्टेलको सो अभिव्यक्ति प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने एमालेले जनाएको छ।

बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामकरण लगायतका ऐतिहासिक विषयहरूमा टुङ्गो लगाइसकेकोमा त्यसका विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको हो ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले  मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु गरेको र त्यसतर्फ जनतालाई सचेत हुन अनुरोध गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले वैदेशिक भ्रमणमा जानुअघि गत असोज ३ गते भक्तपुरको मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताउनु भएको थियो । प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको भन्दै धेरै जनता खुसी नभएको दाबी समेत गर्नुभएको थियो ।