अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै खेलमा ५ विकेट र शतक पूरा गर्ने नेपाली खेलाडीलाई २० लाख पुरस्कार दिने डिशहोमको घोषणा

एकै खेलमा ५ विकेट र शतक पूरा गर्ने नेपाली खेलाडीलाई २० लाख पुरस्कार दिने डिशहोमको घोषणा


काठमाडौं-डिशहोम परिवारले नेपाली क्रिकेट खेलाडीको हौसला बढाउन नगद पुरस्कार घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेट खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले अहिले भइरहेको आईसीसी मेन्स टी २० वर्ल्ड कप अन्तर्गत एशिया क्वालिफायर २०२३ मा नेपाली क्रिकेट खेलाडीहरूका हरेक रन्स, हरेक विकेट र हरेक ‘माइलस्टोन’ मा पुरस्कार घोषणा गरेको हो।

हरेक इनिङमा नेपाली खेलाडीहरूको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी व्यक्त गरेको छ।

नगद पुरस्कार पाउने शैली यस प्रकार रहेका छन्ः
एकै खेलमा शतक र ५ विकेट्स दुवै गरेमा रु.२० लाख
शतक गरेमा रु.१० लाख
५ विकेट्स लिएमा रु.५ लाख

हाफ सेन्चुरी गरेमा रु. १ लाख
३ विकेट्स लिएमा  रु.१ लाख
३५ रन्सको लागि रु.५० हजार
३ क्याच/स्टम्पिङ्स गरेमा रु. ५० हजार।