अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बडिगाडमा जनतासँग अध्यक्ष कार्यक्रम: जनताका गुनासो सुन्न गाउँ-गाउँमा अध्यक्ष गण्डकी थापा

बडिगाडमा जनतासँग अध्यक्ष कार्यक्रम: जनताका गुनासो सुन्न गाउँ-गाउँमा अध्यक्ष गण्डकी थापा


बागलुङ-बागलुङको बडिगाड गाउँपालिकाले ‘हेलो बडिगाड’ अभियान अन्तर्गत नागरिकको समस्या र गुनासो सुन्न गाउँ केन्द्रित अभियान सुरु गरेको छ।

समृद्ध बडिगाड गाउँपालिका बनाउने अभियान स्वरुप नागरिकका समस्या सुन्न, बुझ्न र नागरिकका अपेक्षासँग जोडिएको समस्याको दिगो समाधान गर्ने उद्देश्यले सो अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘बडिगाड गाउँपालिका पालिका भित्र रहेका सबै वडाका नागरिकको टोलबस्तिसम्म पुगेर नागरिकहरुको समस्या र गुनासो बुझ्ने र गाउँपालिकाले प्रवाह गरिरहेको सेवाका विषयमा धारणा संकलन अभियान सुरु गरिएको हो।’

अध्यक्ष थापासहित बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन र वडाको टोलीहरु नागरिकको टोलबस्तिसम्म पुगेर नागरिकहरुको समस्या र गुनासो बुझ्ने काम गरिरहेका छन्।

आर्थिक वर्ष २०८०/०८१ को निती कार्यक्रम अन्र्तगत जनता संग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत स्थानीय सरकारको आभास दिलाउन सक्ने गरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा नागरिकको सार्वजनिक चासोको सन्दर्भमा वास्तविक समस्या बुझ्ने र दिर्घकालिन लक्ष्यका साथ समस्या सम्बाेधन गर्ने गरी अभियानको सुरुवात गरिएको अध्यक्षले बताउनु भयो।

कार्यक्रमले नागरिकका साना साना समस्या पनि सम्बाेधन गर्न बाँकी रहेको र आगामी बजेट तथा योजना तर्जुमा गर्दे गर्दा कस्ता कार्यक्रम, योजनालाई प्राथमिकता दिने भन्ने विषयमा थप व्यस्थापन गर्न सकिनेउहाँले बताउनुभयो।

पहिलो दिन गाउँपालिकाको वडा नं. १० को दर्लिङ गाउँ र निगलपानीमा कार्यक्रम सम्पन्न गरिएको छ। आगामी २२ गते वडा नं. ८ मा कार्यक्रम गर्ने तयारी रहेको र प्रत्यक वडाका प्रत्यक वस्ति संगै नागरिकको घरमा समेत पुग्ने गरि अभियान सुरु गरिएको अध्यक्ष गण्डकी थापाको भनाई छ ।

लक्षित वर्गका कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक, अशक्त नागरिकका साना-साना माग छन् ती मागलाई पालिकाले सहज रुपमा पुरा गर्न सक्ने भएपनी हालसम्म नागरिकको अपेक्षा वमोजिक कतिपय काम गर्न नसकिएकोमा अबका दिन यस्ता कार्यक्रमले योजना बनाएर अगाडी बढ्न थप सहयोग पुग्ने पालिका अध्यक्ष थापाले बताउनुभयो ।

७५ वर्ष माथिका जेष्ठ नागरिक, अशक्त र जटिल प्रकारका विरामीको घरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि उपचार गर्ने व्यवस्था समेत पालिकाले गर्ने बताउनु भयो ।

सहभागि स्थानीय नागरिकले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो अभ्यास गरिरहेको, नागरिकका गुनासो र सुझावलाई संकलन गरेर योजना अगाडी बढाउँदै गएकोमा आभार समेत व्यक्त गरेका छन्।

धेरै जसो क्षेत्रमा टाठा बाठाले योजना माग गर्ने र आफनो स्वार्थ वमोजिम विकास गर्ने परिपाटीलाई अन्त्य गर्नका लागी वास्तविक जनताले पालिकाबाट पाउने सेवा सुविधा र विकासमा सहजता प्रदान गर्नका निम्ती यस्तो कार्यक्रमले टेवा पु¥याउने अध्यक्ष थापाको भनाई छ ।