काठमाडौँ–डोटीमा मजदुर चढेको ट्याक्टर दुर्घटना भएको छ । बुधबार साँझ भीमदत्त राजमार्गअन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र०१००२ त ६७२३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटना १८ वर्षका सालिन राना मास्केमगरको मृत्यु भएको र अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार सो ट्याक्टरमा २५ जना मजदुर सवार थिए ।
घाइतेहरूलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।







प्रतिक्रिया