अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीले ठक्कर दिँदा तीन जना घाइते

मधेस प्रदेशका मन्त्री चढ्ने गाडीले ठक्कर दिँदा तीन जना घाइते


काठमाडौँ–सर्लाहीमा मधेस प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीन जना युवा घाइते भएका छन् । बुधबार नयाँरोड बरहथवा सडक खण्डमा पर्ने बरहथवा नगरपालिका ९ मुक्तेश्वर चोकमा सो गाडीले ठक्कर दिँदा स्थानीय युवा घाइते भएका हुन् । 

मधेस प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम चढ्ने गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उनीहरु सवार बा४३प १२६३ नम्बरको मोटरसाइकललाई मन्त्रीले चढ्ने गरेको मधेस प्रदेश ०२ ००१ झ ०२४० नम्बरको स्कार्पियो गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

दुर्घटनामा बरहथवा ५ का १८ वर्षीय सुमन महतो, सर्लाहीकै बागमती नगरपालिका १० का १९ वर्षीय अजय महतो र सर्लाहीकै चन्द्रनगर गाउँपालिका ५ का दीपक महतो घाइते भएका प्रहरीले जनाएको छ । घाइते तीन युवालाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि वीरगञ्ज लगिएको प्रहरीको भनाइ छ ।