अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा जाग्यो युवा संघः मंसिरभित्र प्रदेशका सबै जिल्ला अधिवेशन सक्ने 

कर्णालीमा जाग्यो युवा संघः मंसिरभित्र प्रदेशका सबै जिल्ला अधिवेशन सक्ने 


सुर्खेत–प्रदेश अधिवेशनबाट नयाँ–नयाँ नेतृत्व पाएको युवा संघ नेपाल कर्णाली प्रदेशले हिमाली जिल्ला डोल्पाबाट आफू सांगठन निर्माणमा जागेको सन्देश दिँदै पहिलो पदाधिकारी बैठक सम्पन्न गरेको छ । 

गएको असोज पहिलो साता सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीको पहिलो बैठकको आयोजना गर्दै युवा संघ कर्णाली प्रदेशले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन आगामी मंसिर महिनाभित्र सक्ने निर्णय गरेको संघका प्रदेश अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो ।

नेकपा ९एमाले० कर्णाली प्रदेशका नवनिर्वाचित अध्यक्ष गुलावजंग शाह, केन्द्रीय सदस्य बदमा क्वारी, प्रदेश कमिटी सदस्य तथा कर्णाली प्रदेशका पुर्वमन्त्री नन्दसिङ बुढा, प्रदेश कमिटी सदस्य विष्णु रोकाय, एमाले डोल्पाका सचिव लंक रोकाया, युवासंघ नेपालका उपाध्यक्ष प्रकाश गौतम लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले सांगठानिक तथा पार्टीका आन्तरिक काममा युवासंघलाई क्रियाशील बनाउने निर्णय गरेको छ । 

‘पार्टी केन्द्र र प्रदेशको निर्णय अनुसार हरेक स्थानीय तह र वडामा युवा संघका कमिटिहरु बिस्तार गर्ने अवधि पुगेको पालिका र वडा कमिटीका अधिवेशन आयोजना गरेर नयाँ नेतृत्व छनोट गर्ने लगायतका निर्णय संघको पहिलो पदाधिकारी बैठकले गरेको छ’ प्रदेश अध्यक्ष शाहीले भन्नुभयो, ‘अब कर्णाली प्रदेशका सबै जिल्ला र स्थानीय तहमा युवा संघ सशक्त रुपमा लाग्ने कार्य योजना निर्माण गरेर अघि बढ्छ ।’

पदाधिकारी बैठकमा निर्देशनात्मक मन्तव्य राख्दै पार्टीका प्रदेश अध्यक्ष गुलावजंग शाहले युवासंघ नेपाल एमालेको दाहिने हात भएकाले सोही अनुसारको भूमिका खेल्न निर्देशन दिनुभयो । ‘प्रदेश पार्टी मातहतका सबै जनसंगठनहरुका जिल्ला प्रदेश, जिल्ला र स्थानीय तहसम्मका अधिवेशन मार्फत नयाँ नेतृत्व छनोट गरेर सबैलाई जनसंगठनलाई चलाएमान गराउने काममा प्रदेश पार्टी एकशुत्रिय ढंगले अघि बढ्छ’, पार्टी जनसंगठन संयन्त्र कर्णालीका समन्वयकर्ता समेत रहनु भएका अध्यक्ष शाहले थप्नुभयो, अब बस्ने प्रदेश कमिटीको दोस्रो बैठकले सबै जनसंगठनका इन्चार्ज तोकेपछि समन्वयको कामले थप गति लिन्छ ।’ 

युवा संघ डोल्पाको व्यवस्थापनमा सञ्चालन भएको बैठकमा युवा संघ नेपालका उपाध्यक्ष प्रकाश गौतम, एमाले केन्द्रीय सदस्य बदमा क्वारी, प्रदेश कमिटी सदस्य नन्दसिङ बुढा लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको युवा संघ नेपाल कर्णाली प्रदेशले जनाएको छ ।