अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा अध्ययन गर्न एकटोली पाँचथरतिर अर्को बैतडीतिर

एमालेको मध्यपहाडी यात्रा अध्ययन गर्न एकटोली पाँचथरतिर अर्को बैतडीतिर


काठमाडौं -नेकपा एमालेले मध्यपहाडमा आफ्नो शक्ती प्रदर्शन र संगठन विस्तारका लागि गर्ने भनेको मध्यहाडी यात्राको तयारीका दुईजना उपमहासचिवको टोलीलाई स्थलगत रुपमा खटाएको छ ।
पूर्वतर्फ उपमहासचिव प्रदिप ज्ञवाली र पश्चिमतर्फ अर्का उपमहासचिप विष्णु रिमालको टोली खटाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
ज्ञवालीको टोली हिजै विराटनगर पुगेको कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । खतिवडाका अनुसार पार्टीले सञ्चालन गर्ने मधयपहाडी यात्राको सम्भाव्यता अध्ययनका लागि उपमहासचिव सहितको टोली पूर्वतर्फ आएको हो ।
पूर्वतर्फ खटिएको टोलीमा ज्ञवाली सहित केन्द्रीय सदस्य किरण पौडेल र पार्टीको जनवर्गीय संगठन भूतपूर्व सैनिक संघका अध्यक्ष बिनोद पाण्डे हुनुहुन्छ । यस्तै पश्चिम बैतडी झुलाघाटतर्फ रिमाल सहित पोलिटव्यूरो सदस्य बिनोद श्रेष्ठ, केन्द्रीय सदस्य विष्णु रिजाल र पार्टीको आर्थिक विभागका सदस्य लोकबहादुर भण्डारी हुनुहुन्छ ।


पार्टीले मंसिरको दोस्रो हप्तादेखि मध्यपहाडी राजमार्गमा यात्रा सुरु गर्ने तयारी गरेको छ । उपमहासचिव नेतृत्वको टोलीले मध्यपहाडीमा पर्ने विभिन्न जिल्लाका स्थानीय कमिटीहरुसँग परामर्श गर्ने,आमसभा र कोणसभा तयारीको सम्भाव्यताका बारेमा छलफल गर्ने स्थलगत रुपमा खटिएका एक सदस्यले जानकारी दिए ।
पश्चिम खटिएको टोली आजै बैतडी पुग्ने तयारी छ । यता पूर्वतर्फ गएको ज्ञवालीको टोलीमा कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा सहित पदाधिकारीहरु सहभागी छन् । आज केहीबेरमा टोली पाँचथर पुग्नेछ । आजै पाँचथरमा जिल्ला कमिटीको बैठक आयोजना गरेर कार्यक्रमको खाका बनाइनेछ । यसपालीको यात्र पश्चिम बैतडीको मध्यपहाडीको पश्चिम विन्दु झुलाघाटबाट सुरु हुनेछ पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ्मा समापन गरिने छ । पुष्पलाल राजमार्ग नामाकारण गरिएको मध्यपहाडी राजमार्गको लम्बाइ १ हजार ८ सय ७९ किलोमिटर रहेको छ । एमालेको यात्रा करिब दुईसातामा समापन गर्ने तयारी रहेको छ ।
एमालेले आगामी मंसिर ९ र १० गते पार्टी केन्द्रीय कमिटीको बैठक धनगढीमा आयोजना गर्ने र ११ गते देखि झुलाघाटबाट मध्यपहाडी यात्रा सुरु गर्ने तयारीका बारेमा छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए ।