अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक जारी,  संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने तयारी

मन्त्रिपरिषद् बैठक जारी,  संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने तयारी


काठमाडौँ–सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो । 

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आएपनि यो पटक बिहीबार बसेको छ । 

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ । 

सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।