काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको कारणले सदनको कामकारबाही प्रभावकारी हुन नसकेको आरोप लगाउनु भएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सदनको यो अधिवेशन निराशाजनक भएको टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘सदन किन र कसका कारणले प्रभावकारी हुन सकेन ? चर्चा हुन्छ सांसद्, सभाको कारणले प्रभावकारी हुन सकेन। तर, तथ्यले त्यस्तो भन्दैन। सदनको काम प्रभावकारी हुन नसक्नुको मुख्य जिम्मेवारी सरकार नै हो। सरकारको दृष्टिकोण र सरकारका गतिविधिहरू जिम्मेवार छन् ।’
सरकारले सदन प्रभावकारी बन्न नदिएको उहाँले आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘सदन प्रतिपक्षको हो भनेर दुनियाँभर मानिन्छ। प्रतिपक्षले उभिएर बोल्दा सत्तापक्षले ध्यान दिएर सुन्नुपर्छ। तर, यहाँ जायज माग भन्न र सुनाउनको लागि प्रतिपक्षले आवाज उठाएर मात्रै पुगेर बेल घेर्नुपर्ने अवस्था आयो । प्रतिपक्षको आवाजको सच्चाइलाई सुनेर मात्रै सदन अवरोधको स्थिति अन्त्य हुन्छ।’
प्रतिक्रिया