अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षीको आवाज नसुन्दा नागरिकका समस्या समाधान भएनन्: देवेन्द्र दाहाल

प्रतिपक्षीको आवाज नसुन्दा नागरिकका समस्या समाधान भएनन्: देवेन्द्र दाहाल


काठमाडौं-नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रतिपक्षीहरुको आवाज नसुनेका कारण नागरिकका समस्या समाधान नभएको बताउनु भएको छ।

बिहीबार राष्ट्रियसभामा सम्वोधनका क्रममा उहाँले गठवन्धनका नामबाट चलेको सरकारले प्रतिपक्षीका आवाजलाई दबाउन खोजेको समेत आरोप लगाउनु भयो।

प्रतिपक्षीले नागरिकका पीर, समस्याजस्ता समसामयिक विषयहरु उठाए पनि सरकार त्यसप्रति उदासिन बनेको दाहालको भनाई छ ।

मूल्यवृद्धि अकासिंदा पनि सरकारले नागरिकलाई सहुलियत दिलाउनतर्फ कुनै ध्यान नदिएको, बाढीले जनजीवन समस्यामा पर्दासमेत उपेक्षा गरेको, लम्पी स्किनले पशुधनमा ठुलो नोक्सानी हुँदा समेत किसानलाई राहत उपलव्ध नगराएको भन्दै दाहालले आक्रोश व्यक्त गर्नुभयो।

राज्यका संयन्त्रहरु अहिलेको सरकारले कमजोर बनाएको, प्रतिपक्षी दलका शीर्ष नेताहरुमाथि आक्रमण हुँदा र अनर्गल प्रचार भइरहँदा पनि कुनै कारबाही हुन नसकेको नेता दाहालले बताउनु भयो।