काठमाडौं-नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले इजरायलमा भएको आक्रमणमा परी बेपत्ता पारिएका नेपाली विद्यार्थीको अवस्था सार्वजनिक गर्न सरकार समक्ष माग गर्नुभएको छ।
बिहीबार राष्ट्रियसभामा सम्वोधनका क्रममा उनले ईजरायलमा भएको आक्रमणमा परि बेपत्ता भएका नेपाली विद्यार्थी कञ्चनपुरका बिपीन जोशीको उद्धार गर्ने तर्फ सरकारले कुनै ध्यान नदिएको समेत बताउनु भयो।
घटना परि ज्यान गुमाएका विद्यार्थीहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै उहाँले अहिलेसम्म अवस्था बारे थाह नभएका जोशीको खोजी र उद्धार गर्न तथा अवस्था सार्वजनिक गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको हाे।
यसैगरी मुगुमा ४ जनाको सामुहिक हत्या भएको एक साता हुँदा समेत घटनामा संलग्नहरु पक्राउ नपर्नु दुःखद भएको भन्दै उहाँले सो घटनामा संलग्नहरुलाई अविलम्ब पक्राउ गरी कानूनी दायरामा ल्याउन समेत माग गर्नु भयाे।
प्रतिक्रिया