अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल

सर्वोच्चको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल


काठमाडौँ-सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार रिगललाई नेपालगञ्जबाट पक्राउ गरिएको जानकारी दिए।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो । 

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति  राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।

सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ ।