अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिगललाई पठाइयो बाँके कारागार

रिगललाई पठाइयो बाँके कारागार

११ वर्ष कैद भुक्तान गर्नुपर्ने


काठमाडौं-राष्ट्रपतिले दिएको कैद मिनाहा सर्वोच्च अदालतले उल्ट्याएपछि जिल्ला अदालत बाँके गुण्डा नाइके योगराज ढकाल रिगललाई थप सजाय भुक्तानका लागि जिल्ला कारागार पठाएको छ। 

सर्वोच्चको फैसलापछि बिहीबार प्रहरीले नेपालगञ्जबाट पक्राउ गरी शुक्रबार जिल्ला अदालत बाँकेमा पेस गरेको थियो । जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताउनु भयो।

‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो,’ उहाँले भन्नुभयो।  

नेपालगन्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई सरकारले बाँकी कैद माफी गरेको थियो। बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन रिहा हुनुभएको थियो।तर, त्यस निर्णयविरुद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।