विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ।
सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो। जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगु मन्त्री बनेका छन्।
अहिले शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू उपस्थित भएका छन्।







प्रतिक्रिया