अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प प्रभावित जिल्लामा आसपासबाट स्वास्थ्य र सुरक्षाकर्मी परिचालन गरिने

भूकम्प प्रभावित जिल्लामा आसपासबाट स्वास्थ्य र सुरक्षाकर्मी परिचालन गरिने


काठमाडौं -कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।
सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले दैलेख र सुर्खेत जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो । यसैगरी बाँके र दाङ जिल्लाबाट पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पठाइदिन लुम्बिनी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।
शर्माका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ ।

आज बिहानै कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ ।