अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केदार कार्कीले सहमती उल्लंघन गरेपछि एमाले कोशी सरकारबाट बाहिरियो

केदार कार्कीले सहमती उल्लंघन गरेपछि एमाले कोशी सरकारबाट बाहिरियो


काठमाडौं- मुख्यमन्त्री केदार कार्कीले सहमती कार्यान्वयन नगरेको भन्दै कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज विहान पदबाट राजीनामा दिनुभएको छ ।

शुक्रबार मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी र एकीकृत समाजवादीबाट एकएक जना मन्त्री नियुक्त गरेपछि परिस्थिती बिग्रिएको थियो।

एमालेले प्रदेश सरकारमा आफू र कांग्रेसको मात्र सरकार बन्नुपर्ने भन्दै ५ मन्त्रालयमा दाबी गरेको थियो । सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै उसले मन्त्री फिर्ता बोलाएको हो ।