अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्पका घाइतेका लागि वीरेन्द्रनगरका पाँच राहात कार्यक्रम

भूकम्पका घाइतेका लागि वीरेन्द्रनगरका पाँच राहात कार्यक्रम


काठमाडौं- छिमेकी जिल्लाहरुमा भूकम्पले पुर्याएको क्षतिका कारण उपचारका लागि सुर्खेत आउने विरामीको चाप बढ्न थालेपछि वीरेन्द्रनगर नगर अस्पतालले भूकम्पका घाइतेको उपचारमा तदारुकता देखाएको छ ।
आज बिहान अस्पताल सञ्चालक समितीका अध्यक्ष एवं वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले भूकम्पका घाइतेको उपचार गर्न डा.कमल धितालको नेतृत्वमा अलग्गै टिम तयारी अवस्थामा राखेको छ । यसैगरी भूकम्पका घाइतेहरुको उपचारका लागि अस्पतालका शैया र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको अस्पतालले जनाएको छ । प्रमुख ढकालका अनुसार नगरपालिकामा रहेको एम्बुलेन्स भूकम्पका घाइतेको ओसारपसारमा उपलब्ध गराउने निर्णय भएको छ । यस्तै नगर अस्पालमा उपचारका लागि ल्याइएका बिरामी र कुरुवाहरुलाई खानाको प्रवन्ध वीरेन्द्रनगरपालिकाले गर्ने भएको छ । नगर अस्पतालमा उपचारका लागि आएका बिरामीलाई औषधीको आपूर्ती तत्कालै गर्ने निर्णय गरिएको ढकालले जानकारी दिनुभयो ।
गएराती कर्णाली प्रदेशका जाजरकोट केन्द्रविन्दु भएर आएको ६.४ रेक्टरस्केलको भूक्म्पले जाजरकोट र रुकुममा गरी १५४ जनाको मृत्यू भएको छ भने सयौं घाइते भएका छन् ।