अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राहात संकलन र उद्धारकरा लागि सुर्खेतलाई मुख्यकेन्द्र बनाइने,मृतक परिवारलाई २ लाख दिइने

राहात संकलन र उद्धारकरा लागि सुर्खेतलाई मुख्यकेन्द्र बनाइने,मृतक परिवारलाई २ लाख दिइने


काठमाडौं- सरकारले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट काम गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यसका लागि कर्णालीको प्रदेश राजधानि सुर्खेतलाई मुख्य सम्पर्क स्थान र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाउने निर्णय गरेको हो ।
‘प्रदेश राजधानी सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क स्थान बनाइ खोज, उद्धार र राहतका सम्बन्धी काम एकद्वार प्रणालीबाट गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले भन्नुभयो ।

मन्त्रिपरिषदेले तत्काललाई प्रति मृतकका परिवारलाई २ लाखका दरले राहत दिने निर्णय समेत गरेको छ ।