अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका तत्कालीन सचिवसहित चारजनाविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

लुम्बिनीका तत्कालीन सचिवसहित चारजनाविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा


काठमाडौंलुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार, कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा सम्झौता बमोजिम खरिद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमनसमेत नगरी-नगराई भुक्तानी सम्बन्धी टिप्पणी सदर गरेकोले प्रदेश सरकारलाई एक करोड ३१ लाख ६० हजार रुपियाँ बदनियतपूर्वक हानि पुराएको आरोप लागेको छ। 

तत्कालीन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले ब्राण्डभन्दा कम गुणस्तर र फरक ब्राण्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीको लागि टिप्पणी सिफारिस गरेको आरोप लागेको आयोगले जनाएको छ।

यसैगरी, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थानका प्रबन्ध निर्देशक राजाराम तिवारीले सम्झौतामा उल्लेख भएबमोजिम खरिद नगरी कम गुणस्तर र ब्राण्डको मिनिटिलटर वितरण गरेको आरोपमा बिगो एक करोड ३१ लाख ६० हजार रुपियाँ भ्रष्टाचार आरोप लागेको छ।

आरोपितविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।