अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई सीबीफीनको १० लाख सहयोग

भूकम्प पीडितलाई सीबीफीनको १० लाख सहयोग


काठमाडौं-बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले भूकम्प पीडितको खोेज, उद्धार तथा घाइतेको उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएको हो। 

‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि रु. १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछौं,’ सीबीफीनले भनेको छ। 

त्यस्तै, राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा सीबीफीनले अपिल गरेको छ। 

‘राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशीलरूपमा लिँदै सीबीफीनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरूसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा हार्दिक आग्रह गर्दछौं,’ सीबीफीनले भनेको छ।