अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेले विश्वासको मत कायमै राख्ने, प्रतिपक्षी बेञ्चमा बस्ने

नेकपा एमालेले विश्वासको मत कायमै राख्ने, प्रतिपक्षी बेञ्चमा बस्ने


विराटनगर-नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन  फिर्ता लिएपनि विश्वासको मत कायमै रहेकाे बताउनु भयो। 

‘अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ, भण्डारीले भन्नुभयो, ‘विश्वासको मतमा भने हाललाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ।’

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुनुभएको थियो ।

सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो।तर विश्वासको मत लिने क्रममा नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री कार्कीलाई परेको थियो।