काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा राहत आवश्यक रहेको बताउनु भएको छ।
सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको बताउनु भएको हो।
‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ’, अध्यक्ष ओलीले भन्नुभयो, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नुपर्छ।’
विपदको समयमा तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभएको छ। अध्यक्ष ओली भूकम्प प्रभावित क्षेत्रमा अहिले सीपयुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभयो।
विपदमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ओलीले उद्दार र उपचारमा खटिएका सबैप्रति आभार व्यक्त गर्नु भएको छ। ‘विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भिडभाड गरेर अल्झाउनु हुँदैन। यसरी उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार !’





प्रतिक्रिया