अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई अनेमसंघ कर्णालीले ३ लाखको राहत सामग्री सहयोग गर्ने निर्णय

भूकम्प पीडितलाई अनेमसंघ कर्णालीले ३ लाखको राहत सामग्री सहयोग गर्ने निर्णय


काठमाडौं-अखिल नेपाल महिला संघ कर्णाली प्रदेश कमिटीले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु. ३ लाख रुपैयाँ राबरको अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।

कर्णाली प्रदेश कमिटीकाे सोमबार दिउँसो सुर्खेतमा बसेको बैठकले प्रभावित क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला तथा फरक क्षमता भएकाहरूलाई लागि अत्यावश्यक राहत वितरण गर्ने निर्णय गरेको हो। संघले भूकम्प प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो सम्बन्धित निकायसँग समन्वय गरी एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न अनुरोध पनि गरेको छ।

राहत सामग्री बजार क्षेत्रमा जम्मा भएको तर गाउँमा पीडितसम्म नपुगेको पाइएपछि संघले यस्तो आग्रह गरेको हो। अहिले एकद्धार नीति अनुसार राहत सामग्री सदरमुकाममा केन्द्रित भएको छ। वितरण प्रणालीमा सुधार नभएका कारण उक्त राहत पीडितसम्म पुग्न समस्या भइरहेको छ। उक्त समस्यालाई तत्काल सम्बोधन गर्न संघले सरोकारवाला निकायलाई अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष पदमा खड्काले जानकारी दिनुभयो।

अध्यक्ष खड्काले भूकम्प प्रभावितका लागि राहत तथा पुनर्स्थापनाका लागि संघको मातहतका कमिटीलाई परिचालन गर्ने निर्णय पनि गरेको बताउनु भयो। त्यसैगरी, प्रभावित क्षेत्रका बालबालिका, गर्भवती, सुत्केरी, फरक क्षमता भएका र घरबारविहीनहरूलाई अत्यावश्यक राहत सहयोगका लागि केन्द्रीय कार्यालय र ६ वटै प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।