अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई एमाले बागमती संसदीय दलको साढे ५ लाख सहयोग गर्ने

भूकम्प पीडितलाई एमाले बागमती संसदीय दलको साढे ५ लाख सहयोग गर्ने


हेटौंडा-नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

गत कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु बनाई गएको विनाशकारी भूकम्पबाट प्रभावित नागरिकलाई सहयोगार्थ ५ लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो।

एमाले संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीहरुको १२ दिनको तलब बापतको उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनु भयो।