काठमाडौँ–राष्ट्रिय खेलकुद परिषद् राखेपले जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । राखेपले भूकम्पपीडितलाई ९ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
जाजरकोट केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते गएको भूकम्पबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राखेपले पदाधिकारी तथा कर्मचारीहरुको एक दिनको पारिश्रमिक बापतको ९ लाख ६० हजार ६८ रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आइतबार बसेको बैठकले परिषद्का पदाधिकारी तथा सम्पूर्ण कर्मचारीहरुको एक दिन बराबरको पारिश्रमिक बापतको उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रतिक्रिया