काठमाडौँ-प्रगतिशील प्राध्यापक संगठनले भूकम्प पीडितको उद्धार, राहत तथा खोजीमा जुट्न अपिल गरेको छ ।
संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसी र महासचिव डा. पद्मप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।
संगठनले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्न, छिटो राहत वितरण गर्न सरकारका साथै सम्बद्ध निकायलाई आग्रह गरेको छ ।
यस्तै विज्ञप्तिमा भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संगठनले दुःख व्यक्त गर्दै मृतक परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया