अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई एमाले बाँके र बर्दियाले गर्‍यो राहत सामग्री प्रदान

भूकम्प पीडितलाई एमाले बाँके र बर्दियाले गर्‍यो राहत सामग्री प्रदान


काठमाडौँ–जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नेकपा (एमाले) बाँके र बर्दियाले करिब १० लाख बराबरको राहत सामग्री प्रदान गरेको छ ।  

भूकम्पपीडितलाई खाद्यान्न, लत्ताकपडा र कम्बलको व्यवस्था गरी प्रभावित क्षेत्रमा पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिएको एमालेले जनाएको छ । 

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार  जाजरकोटका भूकम्पपीडितका लागि ९८ बोरा चामल, तीन सय ५० थान कम्बल, लत्ताकपडा, चिउरा, भुजा र चाउचाउ गरी पाँच लाख ७५ हजार बढीको राहत सामग्री प्रदान गरिएको छ ।

एमाले बर्दियाको तर्फबाट रुकुम पश्चिमका भूकम्पपीडितलाई चार लाख ७५ हजार बराबरको एक सय क्विन्टल चामल प्रदान गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पुगेकी एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले तत्काललाई राहतस्वरुप खाद्य सामग्री र लत्ताकपडा तथा कम्बल उपलब्ध गराइएको बताउनुभयो । अर्यालको नेतृत्वमा बर्दियामा रहेका केन्द्रीय सदस्य, सांसद र पार्टी नेता राहत लिएर सोमबार जाजरकोट पुग्नुभएको हो ।