अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प पीडितलाई हल्ला होइन, त्रिपाल र न्यानो कपडा आवश्यक छ: एमाले नेता सिंह

भूकम्प पीडितलाई हल्ला होइन, त्रिपाल र न्यानो कपडा आवश्यक छ: एमाले नेता सिंह


जाजरकोट-नेकपा एमालेका केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले जाजरकोटका भूकम्प पीडितहरुका लागि अनावश्यक हल्ला भन्दा आकाशका तारा छेक्ने त्रिपाल, चिसो रात काट्ने कम्बल र भोक टार्ने खाना चाहिएको बताउनु भएको छ।

गएको शुक्रबार रातीको भूकम्पले तसहनहस बनेको जाजारकोटका ग्रामीण गाउँमा राहत र उद्धारको टोली वास्तविक रुपमा जिल्ला सदरमुकामबाट पुग्न नसकेको उल्लेख गर्दै नेता सिंहले भुकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकाका ४ हजार ३२७ घरधुरी नै खुला आकाशमा बस्नु परेको बताउनु भयो।

शनिबार देखि बारेकोट गाउँपालिकामा पार्टीका नेता र कार्यकर्तासहित गाउँपालिकाका विभिन्न वस्ती घुम्नु भएका नेता सिंहले भन्नुभयो, ‘भुकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा ४ हजार ३२७ घरधुरि छ, जसमा चार हजार घर बस्नयोग्य छैनन्। सबै भूकम्प पीडा खुला आकाशमा रात काट्न बाध्य छन्। चिसो रातमा ओढ्ने प्रयाप्त कपडा छैन । राहत दिन गाउँमा कुनै समूह आएको छैन। स्वास्थ्यकर्मीसहित समयमै राहत उपलध नगराउने हो भने गाउँमा निमोनियार पखाला जस्तो रोगले भयाबह हुने स्थिति छ। जिम्मेवार निकायले समयमा नैं ध्यान दिउँ ।’

सोमबार मात्रै फेरी ४:३१ बजे फेरी ५.८ म्याग्नीच्युटको भुकम्पको धक्काले बारेकोटमा थिलथिला बनेको भौतिक संरचना भत्कने क्रम जारी रहेको उल्लेख गर्नु भएका सिंहले पछिल्लो धक्काले बारेकोटमा तीन महिनाको एक बच्चा घाइते भएको बताउनुभयो। हरेक पटक आफैपनि चर्किएका घरहरु माटो र ढुंगा झर्ने, भत्कीने गरिरहेका छन्। ९५ प्रतिशत घर बस्नयोग्य छैनन् । अधिकांश घरधुरी पाल बिना खुला आकाशमा बसिरहेका छन्, केन्द्रीय सदस्य सिंहले थप्नुभयो, ‘सबै मान्छे चौरमा छन् । कसैले तन्ना, कसैले लगाउने धोती त कसैले कमैको ढोडको पाल बनाएर खुला आकाशका तारा छेलेबका छन् भने कोही त्यत्तिकै रात गुजारिरहेका छन् । भुकम्प पिडिंतका नाममा आएको राहत जिल्ला सदरमुकाममा थन्किने तर गाउँमा पिडिंत थप समस्यामा पर्ने कुरालाई तत्काल समाधान तर्फ जिम्मेवार निकाय लाग्नुपर्छ।’

इन्सेक र राधेराधेकोराहत वितरण
अनौपाचारिक सेवा केन्द्र इन्सेक र राधेराधेको टिमलाई सहजिकरण गरेको एमाले नेता सिंहको टोलीले
बारेकोट गाउँपालिकाका चार सय जनालाई प्राथमिक स्वास्थ्य परिक्षण गराएको छ।

चिकित्सक सहित गाउँमा पुगेको टोलीले भूकम्प पीडितहरु डराउने, बर्बराउने, शरिरमा चिसो लागेको देखिएकाले उनिहरुलाई मानसिक रुपमा काउन्सेलिङके जरुरत रहेको अनौपाचारिक सेवा केन्द्र इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो।

स्वास्थ्य परिक्षण पछि इन्सेक र राधेराधेले लिएका राहत सामाग्री चाउचाउ, समेत विरण गरिएको छ।

गाउँजाने बाटो अवरुद्ध
भूकम्पले जाजरकोटका ग्रामिण क्षेत्रमा जाने बाटोहरु भत्किएर अवरुद्ध बनेका छन् । गाउँ र सदरमुकामलाई जोड्ने सडकहरु अवरुद्ध भएपछि जिल्ला सदरमुकाम खलंगाबाट राहत सामाग्री लिएर गएका यातायातका साधनहरु बचि बाटौमै अलपत्र परेका हुन्।

अधिकांश स्थानको बाटो अवरुद्ध भएकाले राहत बोकेर गाउँतर्फ आएका सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् अवरुद्ध बाटो खोल्न सम्बन्धि गाउँपालिका र अन्य सरोकारवाला निकायले पहल नगर्ने हो भने राहत खलंगा ९सदरमुकाम०मा कुहिने गाउँमा पिडिंत खुला आकाशमा भोकै बस्नु पर्ने अवस्था आउने एमाले केन्द्रीय सदस्य डम्बर बहादुर सिंहले बताउनुभयो ।
‘राहत सामाग्री जिल्ला सदरमुकाममा मात्रै केन्द्रीत छ। गाउँमा जान बाटो अवरुद्ध छ। पुल छैन। गाउँका लागि राहत सामाग्री ल्याएर आएको एक गाडी बाटोमा अड्कीएको दुई पुग्न थाल्यो तर त्यसलाई निकाल्न खासै पहल भएको छैन्,’ उहाँले भन्नुभयो, ‘जिल्लाका स्थानीय तह, प्रदेश र संघ सरकाले आवश्यक समन्वय गरेर तत्काल बाटो खोलेर राहत सामान सम्बन्धित पिडिंत नागरिकलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउनु पर्छ ।’

एमाले नेता बारेकोट गाउँपालिका अध्यक्ष विरबहादुर गिरी, अनेरास्वविय, युवासंघ, अनेमसंघका जिल्ला र प्रदेशका नेताहरु सहित भुकम्प पिडिंतहरुको घरमा राहत सामाग्री सहित शान्त्वना दिन जानु भएको छ।