अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प प्रभावितलाई सूर्य नेपालको एक करोड सहयोग

भूकम्प प्रभावितलाई सूर्य नेपालको एक करोड सहयोग


काठमाडौँ-जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि सूर्य नेपालले एक करोड नगद सहयोग गरेको छ। 

मंगलबार सूर्य नेपालका उपाध्यक्ष रवि केसी लगायतको टोलीले १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन्।

शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।