अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो।

च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ।

 बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ।

आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।