अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ: अध्यक्ष ओली

एमालेमाथि घेराबन्दी बढ्दैछ, राष्ट्रिय सोच राख्ने शक्तिलाई गोलबद्ध गर्नुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय शक्ति एमालेलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ।

बुधवार पार्टी मुख्यालय च्यासलमा सचिवालय बैकठमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्ने भएकाले घेराबन्दी भइरहेको बताउनु भयो।

अध्यक्ष ओली भन्नुभयो, ‘विगतदेखि मुलुकमा राष्ट्रिय शक्तिलाई कमजोर गर्ने प्रयास भइरहेका छन्। एमालेले राष्ट्रिय शक्तिको प्रतिनिधित्व गर्छ। त्यसकारण घेराबन्दी, आक्रमण र यसलाई कमजोर गर्ने षड्यन्त्र केन्द्रित छन् । त्यसो भएकाले एमालेलाई बलियो बनाएर राष्ट्रिय शक्ति निर्माण गर्नमा हामी लाग्नुपर्छ।’

उहाँले एमालेभन्दा बाहिर पनि राष्ट्रिय सोच राख्ने शक्तिहरुलाई क्रमशः गोलबद्ध गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको राष्ट्रियताको रक्षा, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र जनताको जीवनमा परिवर्तन ल्याउन सकिन्छ। राष्ट्रिय शक्ति कमजोर हुँदा यी सबै कुरा कमजोर भइरहेका छन् । एमालेमाथिको प्रहारलाई केबल एमालेमाथिको प्रहारको रुपमा मात्रै बुझ्नुहुन्न।’