अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्राका कारण पालिका र जिल्ला अधिवेशनहरु पछि सरे

एमालेको मध्यपहाडी यात्राका कारण पालिका र जिल्ला अधिवेशनहरु पछि सरे


काठमाडौं- पार्टीले आयोजना गरेको मध्यपहाडी समृद्धि यात्राका कारण एमालेका जिल्ला र पालिका अधिवेशनहरु पछि सर्ने भएका छन् । पार्टी मंसिर १४ गते देखि तीन हप्ताका लागि महध्यपहाडको यात्रा तयार गरेकोले पूर्व निर्धारित अधिवेशनहरु स्थगित भएका हुन् । आजको सचिवालय बैठकले बाँकी रहेको अधिवेशनहरु आगामी जेठ मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । यस अघि एमालेले माघ मसान्तसम्म जिल्ला र चैत मसान्तसम्म पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो ।