अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एन्फा विशेष साधारणसभा आज, अध्यक्षले अविश्वासको प्रस्ताव सामना गर्ने

एन्फा विशेष साधारणसभा आज, अध्यक्षले अविश्वासको प्रस्ताव सामना गर्ने


काठमाडौँ–अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज बस्दैछ । साधारण सभा मकवानपुरको हेटौँडामा बस्न लागेको हो । 

उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्नुहुनेछ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने बताइएको छ । 

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

कुल १०७ सदस्य रहेको एन्फामा साधारण सभामा ८७ सदस्यसँग मात्र मताधिकार रहेको छ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ ।