काठमाडौं – युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।
विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
ुस्टार अनलाइन टीभीु नामक युट्युब च्यानल सञ्चालन गरेका मनोज विभिन्न व्यक्तिको व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर भाइरल हुँदै आएका थिए । उनले विभिन्न व्यक्ति तथा समुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने बिबिध खालका बार्गेनिङ समेत गर्दै आएका थिए ।
नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई धम्क्याएर उनले बार्गेनिङको दुष्प्रयास गरेको अडियो बुधबार मात्रै सार्वजनिक भएको थियो । एमाले नेता बस्नेतलाई धम्क्याउने मनोजले महिलालाई अश्लील गाली गर्दै धम्क्याएको अडियो पनि बुधबार नै सार्वजनिक भएको थियो ।
केही दिन अघि पूर्व एआईजी रणबहादुर चन्द र तारा बराल बसेको एक रेस्टुरेन्टको कोठा जान खोजेका बेला मनोजलाई बरालले मुखमा थुक्दै थप्पड हानेकी थिइन् ।





प्रतिक्रिया