काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
गत असोज ९ र १० गते सञ्चालित परीक्षाको नतिजा बोर्डले बिहीबार बिहान सार्वजनिक गरेको हो।
परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए।
परीक्षामा सहभागी विद्यार्थीमध्ये जसमा ८८ हजार ९४७ (७५.४५) विद्यार्थीको ग्रेड वृद्धि भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षामा अपर्यादित गतिविधि गर्ने १५ जना विद्यार्थीको परीक्षा बोर्डले रद्ध गरेको छ।
बोर्डले मंसिर ७ गतेपछि कम्तिमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीले ट्रान्सकिप्ट, माइग्रेसन, प्रोभिजनल र ग्रेडवृद्धि प्रमाणपत्रको लागि रसिद काट्न सनिके जनाएको छ।
परीक्षाफल प्रकाशनको क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम, थर, रजिष्टेसन नम्बर फरक पर्ने आदि) देखिएमा बोर्डका सम्बन्धित कार्यालयमा वा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरमा निवेदन दिन बोर्डले आग्रह गरेको छ।
प्रतिक्रिया