अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपालको आज पोखरामा सभा, अध्यक्ष थापाले सम्बोधन गर्ने

राप्रपा नेपालको आज पोखरामा सभा, अध्यक्ष थापाले सम्बोधन गर्ने


पोखरा–राप्रपा नेपाल पोखरामा आज सभा आयोजना गर्ने भएको छ । सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा हिजै पोखरा जानुभएको छ ।  

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधार भूमि निर्माण गर्न जिल्ला केन्द्रित भएको हो। 

२०६२–६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्रीद्वय राजाराम बर्तौला, कृष्ण कार्की लगायतका नेताहरूले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरूलाई पार्टीमा प्रवेश गर्ने राप्रपा नेपाल कास्कीले जनाएको छ।