अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुगु सामूहिक हत्या: दुई आरोपी पक्राउ

मुगु सामूहिक हत्या: दुई आरोपी पक्राउ


काठमाडौं-मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ। पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको  प्रहरी स्रोतको भनाइ छ।  घटनाको अनुसन्धान गर्न सिआइबीको टोली अहिले घटनास्थलमै रहेकाे र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख  डीआइजी भीम ढकालले जानकारी दिनुभयो। 

गत कात्तिक ८ गते रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो।  २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन्।