अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मधेश प्रदेशका उपनेता ठाकुरद्वारा एमाले रामेछापको भवन बनाउन २ लाख सहयोग

एमाले मधेश प्रदेशका उपनेता ठाकुरद्वारा एमाले रामेछापको भवन बनाउन २ लाख सहयोग


काठमाडौं-नेकपा एमाले रामेछापको भवन निर्माणको लागि नेकपा एमाले मधेश प्रदेश सभाका उपनेता दीपेन्द्रकुमार ठाकुरले रु. २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ। 

नेकपा एमाले रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दैछ। पार्टी सदस्य, सहयोगी दाताहरूसँगबाट सहयोग संकलन गरी एमाले मदन–आश्रित स्मृति भवन बनाउँदै छ। 

करिब ४ करोडको लागतमा बन्ने सो भवनमा पार्टी कार्यालय, जनवर्गीय संगठनका कार्यालय, सभा हल लगायतका संरचना रहने नेकपा एमाले रामेछापले जनाएको छ। नेकपा एमालेले पार्टी कार्यालय भवन निर्माणको लागि सम्पूणमा आह्वान समेत गरेको छ। 

भवन निर्माणको लागि ठाकुरको सहयोगले पहाडसँग मधेशलाई जोडने राम्रो प्रयास र सुरुवात भएको नेकपा एमाले रामेछापले जनाएको छ। सबैको सहयोगले सबैको साझा भवनको रूपमा एमाले पार्टी कार्यालय भवन बन्ने एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभयो। 

नव निर्मित भवनको दोस्रो तल्ला ढालको तयारी हुँदै छ। कार्यालय भवन यस वर्ष भित्र पूरा गर्ने लक्ष लिइएको छ ।