अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असोजमा मूल्यवृद्धि ७.५० प्रतिशत

असोजमा मूल्यवृद्धि ७.५० प्रतिशत


काठमाडौँ-असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ७.५० प्रतिशत पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ८.५० प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८१ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाकं ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३ प्रतिशत, तराईको ५.६६ प्रतिशत, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। २०७९ असोज महिनामा यी क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ६.९३ प्रतिशत, ९.४२ प्रतिशत, ८.८४ प्रतिशत र ७.०७ प्रतिशत रहेको थियो ।